दल

वैशाख १० पछि सरकारले पूर्णता पाउँछ : सहमहामन्त्री परियार

इकागज |
बैशाख ३, २०८० आइतबार १७:५३ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले वैशाख १० गतेपछि वर्तमान सरकारले पूर्णता पाउने बताएका छन् ।

आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले दलहरूबीच आपसी छलफल गरेर वैशाख १० गतेपछि वर्तमान सरकारले पूर्णता पाउने बताएका हुन् । मन्त्री चयनका विषयमा कांग्रेसभित्र कुनै विवाद नभएको दाबी गर्दै उनले पार्टी सभापतिले प्रधानमन्त्रीसँग आवश्यक कुराकानी गरिरहेको जिकिर गरे ।


त्यस्तै उनले दलहरूबीच भएको सहमति अनुसार वर्तमान सरकार पूरै कार्यकाल सञ्चालन हुने बताए । फरक प्रसंगमा उनले रास्वपाका सांसदलाई दलले छानबिन वा कारबाही गर्नु नौलो नभएको र कुनै व्यक्तिमाथि आरोप लागेपछि कारबाही गर्ने अधिकार दललाई रहेको पनि बताए ।

त्यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सांसदलाई कारबाही गरिएको पत्र सभामुख समक्ष पठाइसकेको भन्दै आवश्यक प्रक्रिया अघि बढ्ने जिकिर गरे ।​उनले विगतमा पनि अन्य दलमा यस्ता अभ्यास भएकाले थप अध्ययनका लागि सभामुखलाई सहयोग गर्न पार्टी तयार रहेको बताए ।


Author

थप समाचार
x