'केही दिनभित्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका बीचमा मोर्चा बन्छ'
फाइल तस्बिर
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले केही दिनभित्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका बीचमा मोर्चा बन्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक चौधरीले १५ दिन भित्रमा नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका बीचमा मोर्चा बन्ने बताएका हुन् । मोर्चाले सकारात्मक रूप लिएमा पार्टी एकतासम्म हुने सम्भावना रहेको उनकाे भनाइ छ । आफूहरू पार्टी निर्माण र पार्टी एकताको अभियानमा लागिरहेको उनले उल्लेख गरे ।
उनले भने, ‘अब हामी १०/१५ दिन भित्रै नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जसपाको बीचमा मोर्चा बनाउँदै छौँ । सकारात्मक रूप लियो भने यो एकतासम्म जानसक्ने सम्भावना छ । त्यो ठाउँमा हामी पुगेका छौँ । अहिलेसम्म हामी सरकार निर्माणमा लागेका थियौँ । अब पार्टी एकता, पार्टी निर्माण गर्ने अभियानमा छौँ ।
सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले भने पार्टी एकताको सम्बन्धमा कुनै प्रगति हुन नसकेको बताए । उनले वामपन्थी विचारधाराका दलहरूसँग मोर्चा र एकीकरणका लागि छलफल चलिरहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया