ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र सभापति देउवा
फाइल तस्बिर
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् । सोमबार बिहान दाहाल र देउवा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन् ।
अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरू संसद्मा अघि बढाउने वषयमा सहमतिका लागि प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा ओली निवास बालकोटमा पुगेका हुन् । साथमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डे, एमाले प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला, काँग्रेस प्रमुख सचेतक रमेश लेखक पनि बालकोट पुगेका छन् ।
विगत केही दिनदेखि संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । आइतबार बिहान सभामुखले बालकोटमा बैठक बोलाएपनि प्रधानमन्त्री दाहाल र सभापति देउवा बालकोट नजाँदा बैठक बस्न सकेको थिएन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया