दल

सांसद आचार्यकाे प्रश्न : सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ ?

इकागज |
बैशाख ५, २०८० मंगलबार १५:० बजे

काठमाडौँ- नेकपा एमालेका सांसद भिमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाएका छन् । ६ महिना करिब हुन लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको उनको टिप्पणी थियो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ ? भनि सत्तारूढ गठबन्धनलाई कटाक्ष समेत गरे । उनले सरकारलाई संसद्प्रति जवाफदेही हुन पनि सचेत गराए ।


सरकारले आफ्ना कार्ययोजनाहरू संसद्‍मा प्रष्ट ढंगले राखेर अघि बढ्नुपर्ने उनको माग थियो ।

सांसद आचार्यले सरकारले जे मन लाग्यो, त्यही गर्न नमिल्ने पनि पटकपटक दोहाेर्‍याए ।


Author

थप समाचार
x