दल

एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : सचिव भट्टराई

इकागज |
बैशाख ७, २०८० बिहीबार २०:४५ बजे

फाइल तस्बिर

दमौली- नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले संसद्‍मा आफ्नो पार्टीले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्‍मा टाउको हल्लाउने मात्र नभइ कमजोरी औँल्याउने भूमिका एमालेले निभाउने बताए ।

सचिव भट्टराईले प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ समिति बनाउन एमालेले प्रस्ताव गरेको उल्लेख गरे । 'संवैधानिक परिषदमार्फत प्रधानन्यायाधीश नियुक्तिका लागि बैठक बसे पनि त्यो टुङ्गोमा पुग्न सकेको छैन, प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ समिति गठन गरौँ भन्ने एमालेको प्रस्ताव हो,' उनले भने । 


सचिव भट्टराईले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरूपण तथा मेलमिलाप विधेयकमा एमालेको केही आपत्ति रहेको बताए । 'उक्त विधेयक पीडितको पक्षमा हुनुपर्छ भन्ने हाम्रो भनाइ हो, पीडितले न्याय पाउनुपर्छ भन्ने पक्षमा हामी छौँ ।'


Author

थप समाचार
x