Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

दल

मिलेर जाने कुरा बेग्लै हो, तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौँ : झलनाथ खनाल

इकागज |
बैशाख ९, २०८० शनिबार ११:४६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (एकिकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनैपनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिबार जनकपुरधाममा नेता खनालले यस्तो बताएका हुन् ।

जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले मिलेर जाने कुरा बेग्लै भएपनि नेकपा एकिकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारे । उनले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताए ।


उपनिर्वाचनपछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि ? भन्ने प्रश्नमा उनले नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रने बताए । उनले वामपन्थी शक्तिहरू मिल्नुको विकल्प नरहेको समेत बताए । देशको विभिन्न क्षेत्रहरू जस्तै पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरूको एकताका लागि आग्रह र आह्वान गर्ने बताए । 

सम्मानित नेता खनालले राष्ट्रियतामाथि संकट बढीरहेको बताए । 
 


Author

थप समाचार
x