दल

देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुन आवश्यक : नेता खनाल

इकागज |
बैशाख ९, २०८० शनिबार १८:१ बजे

फाइल तस्बिर

जनकपुरधाम- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा नेता खनालले देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियतामाथि देखिएको सङ्कट समाधानका लागि सबै शक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । 


उनले पछिल्लो निर्वाचनपछि सङ्घ र प्रदेश सरकार बनाउने प्रक्रिया जारी रहेकाले दुवै तहका सरकारले पूर्णता पाएपछि जनचाहनाअनुसार विकासका कामले तीव्रता पाउने विश्वास व्यक्त गरे ।

त्यसैगरी उनले संविधानले परिकल्पना गरेको समाजवादमा जान देशका सबै वामपन्थी कम्युनिष्ट शक्तिहरू मिल्नुको विकल्प नभएको समेत बताए । 'समाजमा रहेका सबै विभेद, असमानता र अन्यायको अन्त्यको आधार समाजवाद हो भन्ने कुरा दलहरू सबैले भनिरहेका छन् तर यो भन्ने र देखाउने विषयमात्रै होइन,' पूर्वप्रधानमन्त्री खनालले भने, 'समाजवादलाई व्यवहारमा ल्याउन जरुरी छ । त्यसका लागि हाम्रो पार्टीले देशभर सन्देश फैलाइरहेको छ ।'


Author

थप समाचार
x