दल

एमालेलाई एक्लै बहुमत आउने पार्टी बनाउन युवासंघलाई महेश बस्नेतको निर्देशन

इकागज |
बैशाख १०, २०८० आइतबार १४:५५ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा (एमाले)का नेता महेश बस्नेतले एमालेलाई बलियो र एक्लै बहुमत आउने पार्टी बनाउन लागि क्रियाशील हुन युवासंघको नयाँ कार्यसमितिलाई निर्देशन दिएका छन् । 

आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेको पदभार ग्रहण कार्यक्रममा बस्नेतले एमालेको लक्ष्य र उद्देश्यलाई आत्मसाथ गर्दै पार्टीलाई बलियो र एक्लै बहुमत आउने क्रियाशील हुन निर्देशन दिएका हुन् । 


उनले सुखी नेपाली समृद्ध नेपालको आकांक्षालाई पुरा गर्नका लागि युवा संघले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनले प्रचण्डले एमालेलाई धोका दिएर कांग्रेसको पछि लागेको भन्दै प्रचण्ड प्रवृतिविरुद्ध लाग्नुपर्ने बताए । 

त्यस्तै पदभार ग्रहण गर्दै राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष थेबेले आवाजविहिन भएर बसेका युवाहरूको आवाज भएर संगठनलाई अघि बढाउने प्रतिवद्धता जनाए । उनले राष्ट्र निर्माणका साथै सामाजिक न्याय र सुशासनको पक्षमा युवा संघले काम गर्ने धारणा राखे । 

कार्यक्रममा युवासंघका निवर्तमान अध्यक्ष किरण पौडेलले नवनिर्वाचित अध्यक्ष थेबेलाई कार्यभार हस्तान्तरण गरेका थिए । 


Author

थप समाचार
x