Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

दल

आचारसंहिता उल्लघंन गरेको भन्दै रबि लामिछाने र प्रजिअविरुद्ध कांग्रेसको उजुरी

इकागज |
बैशाख १०, २०८० आइतबार १८:५९ बजे

फाइल फोटो

चितवन - नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुब पोखरेलले  चितवनका प्रजिअ र लामिछानेको विरुद्धमा उजुरी दिएको हो ।

निर्वाचन प्रक्रिया सुरु भए पछि सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट लामिछानेले मत मागेको, विभिन्न मतदान केन्द्रमा गएर लामिछानेले हुल हुज्जत गरेको, प्रजिअको निर्देशनमा एकपक्षीय रुपमा लाठी चार्ज गरेर भयभित बनाएको, नयाँ किरण मावि भोजाडस्थितत मतदानस्थलमा असहज स्थिति बनाएको भन्दै कांग्रेसले उजुरी गरेको हो  । 



Author

थप समाचार
x