दल

अब यो देश युवाले हाँक्छन् : रवि लामिछाने

इकागज |
बैशाख ११, २०८० सोमबार १२:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब देश युवाले हाँक्ने बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ब्यवस्था बदलिए पनि अवस्था नबदलिएको पनि उनको टिप्पणी छ ।


'सोच्छु ,ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन ? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन ?,'  लामिछानेले भनेका छन्, 'अहिलेको देश देख्दा लाग्छ हामी दशकौं पहिले जहाँ थियौं, त्यहीँ छौं । व्यवस्था त सुध्रियो,अवस्था सुध्रिएन ।'

उनले अगाडी लेखेका छन् 'लोकतन्त्र दिवसले ती तमाम जञ्जालबाट मुक्ति देओस् । यो देश अब युवाले हाँक्छन् ।'


Author

थप समाचार
x