संसदीय दलको बैठकमा देउवाको 'बिफ्रिङ', उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको चासो देखिएन
फाइल तस्बिर
काठमाडौँ - नेपाली कांग्रेसमन सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको स्वीकार गरेका छन् । सोमबार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको चासो नदेखिएको बताएका हुन् ।
उनले पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता औंल्याएको सांसद रामहरि खतिवडाले बताए । उनले पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेको बताए । ‘पार्टी सभापतिज्यूले उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो,' खतिवडाले भने, 'अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता छ । त्योसँगै कांग्रेसले बजेट ल्याउँदा जनतालाई सम्बोधन गर्ने खालका कार्यक्रम आउनुपर्छ, साना साना जनतासँग जोडिने खालका कार्यक्रम आउनुपर्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया