पछिल्लो समय लोकतन्त्रको गलत अभ्यास भयो : नेता भट्टराई
काठमाडौँ- नेकपा एमालेका नेता खिमलाल भट्टराईले पछिल्ला राजनीतिक घटनाले लोकतन्त्रलाई कमजोर बनाइरहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित ‘नेपाली परिवेशमा लोकतन्त्रका आयाम’ विचार संवाद कार्यक्रम उनले यस्तो बताएका हुन् ।
लोकतन्त्रमा जनमतको कदर हुन नसकेको उनकाे भनाइ छ । अहिलेको राजनीतिक अभ्यासले जनमतको कदर नगरेको दाबी उनले गरे । जनताले रोजेको पहिलो पार्टी नेकपा एमाले प्रमुख प्रतिपक्षमा र संसद्मा ठूलो रहेको पार्टी सहयोगीको भूमिका रहनु भनेको लोकतन्त्रको गलत अभ्यास रहेको भट्टराईकाे भनाइ छ । उनले लोकतन्त्रको गलत अभ्यासबाट वर्तमान चुनौतीलाई पार लगाउन नसकिने स्पष्ट पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया