प्रधानमन्त्री दाहाललाई निधिकाे प्रश्न : संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था दल निर्माणका लागि हो र ?
फाइल तस्बिर
काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अझै पनि कम्युनिष्ट पार्टी निर्माणको कामलाई प्राथमिकता दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका छन् ।
आइतबार (हिजो)कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर प्रधानमन्त्री दाहालले समाजवादी मोर्चा केही दिन भित्रै गठन गरी नेकपा पुनर्विजित गराउने घोषणा गरेका थिए । नेता निधिले त्यसप्रति असन्तुष्टि जनाउँदै हामीले ठूलो क्रान्ति गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था दल निर्माणका लागि हो र ? भनि प्रधानमन्त्री दाहाललाई प्रश्न समेत गरे ।
सोमबार काठमाडौँमा आयोजित ‘नेपाली परिवेशमा लोकतन्त्रका आयाम’ विचार संवाद कार्यक्रममा उनले सामाजिक–आर्थिक विकास र प्रगतिका लागि संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएकोमा गर्व गर्ने नेताहरूले दल निर्माणलाई प्राथमिकता दिन नमिल्ने तर्क समेत गरे । नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो संघीय लोकतान्त्रिक गणतन्त्र हुने उल्लेख गर्दै त्यसैलाई प्राथमिकता दिएर अघि बढ्ने गरी बहस गर्नुपर्नेमा पनि जोड दिए ।
नेता निधिले मुलुकमा कम्युनिष्ट शासन नरहेकाले वर्तमान संविधानलाई कार्यान्वयन गर्दै पालना गरेर अघि बढ्नुको विकल्प नरहेको पटकपटक दोहोर्याए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया