कांग्रेस संसदीय दलको बैठक बस्दै, आगामी बजेटबारे छलफल हुने
काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।
बानेश्वरस्थित संसद् भवनमा आज पनि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक १० बजेका लागि बोलाइएको छ ।
मुख्यतः बजेटको बिषयमा छलफल गर्नका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक हिजोदेखि सुरु भएको हो ।
पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवालगायतले बोले पनि बैठकमा धारणा राख्नका लागि अझै पनि सांसद बाँकी रहेपछि आज पनि बैठक बोलाइएको हो ।
आर्थिक वर्ष २०८०/८१ को बजेट आगामी जेठ १५ गते घोषणा हुँदैछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया