दल

आर्थिक वर्षको बजेटका विषयमा कांग्रेसले माग्याे सांसदहरूसँग सुझाव

इकागज |
बैशाख १२, २०८० मंगलबार १४:४९ बजे

काठमाडौँ- नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटका विषयमा आफ्ना सांसदहरूसँग सुझाव लिएको छ ।​ संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार र मंगलबार दुई दिन बसेको संसदीय दलको बैठकमार्फत कांग्रेसले बजेटका विषयमा सुझाव संकलन गरेको हो ।

बजेटमा पछि परेका वर्ग क्षेत्रलाई प्राथमिकता दिनुपर्ने, शिक्षा स्वास्थ्य क्षेत्रमा बजेट बढाउनुपर्ने सन्तुलित आउनुपर्नेमा सांसदहरूको जोड गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । त्यस्तै कांग्रेस सांसदहरूले सांसद विकास कार्यक्रममा जोड दिएका थिए भने बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटका लागि स्रोत र साधनको अभाव रहेकाले बजेटका सिद्धान्त र प्राथमिकताका साथै आवश्यकतालाई विशेष ध्यान दिनुपर्ने बताएको लेखकले जानकारी दिए ।


बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको उनले बताए ।


Author

थप समाचार
x