दल

चुनाव जितेपछि रवि लामिछानेको उद्घोष : पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौं

इकागज |
बैशाख १२, २०८० मंगलबार १५:२७ बजे

चितवन- चितवन–२ मा भएको उपनिर्वाचनमा भारी मतले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउने उद्घोष गरेका छन् । 

मंगलबार चितवनमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै उनले पाँच वर्षभित्र रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउने र आफ्नै नेतृत्वमा सरकार बनाउने बताएका हुन् । 


नेतृत्व सक्षम नभएमा हटाउने  भन्दै उनले रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउन र आफ्नो नेतृत्वमा सरकार बनाउन जनताको साथ र समर्थन चाहिने बताए । 

यसका लागि आफूहरू जनताको पक्षमा काम गर्ने उनको प्रतिबद्धता छ । चितवनका जनताले लगाएको गुण इतिहासले नबिर्सने लामिछानेको भनाइ छ । 


Author

थप समाचार
x