दल

नेपाली समाजले भ्रष्टाचार स्वीकारिसक्याे : प्रमुख सचेतक परियार

इकागज |
बैशाख १२, २०८० मंगलबार १७:४५ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली समाजले भ्रष्टाचार स्वीकारिसकेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै यस्तो बताएका हुन् । उनले समाजले भ्रष्टाचार स्वीकार्नु सबैभन्दा ठूलो विषय भएको बताए ।


उनले संस्कृतिमा भएको भ्रष्टाचारलाई कसरी निवारण गर्ने ? भन्ने बारेमा सोच्न जरुरी रहेको ‍औँल्याए । नेपालमा नीतिगत, राजनीतिक व्याप्त भएको उनकाे भनाइ छ । राज्यले भ्रष्टाचार गर्दा जनता गरिब भएको सचेतक परियारकाे ठम्याइ छ ।

प्रमुख सचेतक परियारले मानिसले कसरी कमायो भन्ने कुरा समाजले नहेर्ने गरेको बताए ।


Author

थप समाचार
x