उपनिर्वाचनको परिणामका विषयमा पार्टीभित्र समीक्षा गर्नुपर्ने बेला आयाे : माधव नेपाल
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उपनिर्वाचनको परिणामका विषयमा सबैले पार्टीभित्र समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।
मंगलबार संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनमा जनताको झुकावहरू किन परिवर्तन भइरहेको भनेर विश्लेषण गरेर आफूमा भएको कमीकमजोरी सुधार गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
घटनाक्रमका विषयमा गम्भीर नभए र कमीकमजोरी सुधार गर्न नसके जनताले विश्वास गर्न नसक्ने उनकाे भनाइ छ । अध्यक्ष नेपालले निर्वाचनपछि सबैको परीक्षाको घडी सुरु भएको भन्दै पटकपटकको परीक्षा उत्तीर्ण हुन नसके जनताको विश्वास कुनै दिन पनि गुम्न सक्ने जिकिर गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया