उपनिर्वाचनमा जनताले दिएको मतलाई सम्मान गर्छु : भट्टराई
काठमाडौँ- नेकपा एमालेका सांसद योगेश भट्टराईले उपनिर्वाचनमा जनताले दिएको मतलाई सम्मान गर्ने बताएका छन् । मंगलबार संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भट्टराईले यस्ताे बताएका हुन् ।
रास्वपा कुनै विद्रोही पार्टी नभइ संवैधानिक व्यवस्था मानेर गठन भएको पार्टी भएकाले विद्रोही पार्टीले जित्यो भन्ने परिभाषा गलत हुने उनकाे भनाइ छ । उनले संविधान र व्यवस्था मानेर कुनै दल आउँछ भने निषेध नभइ स्वागत गर्नुपर्ने धारणा राखे ।
भट्टराईले कुनै पनि दलको परिणामले अर्को दललाई सकारात्मक प्रभाव पार्ने भएकाले ठूला दलका सन्दर्भमा रूपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनाउने अर्थमा लिनुपर्ने पनि बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया