दल

भ्रष्टाचारीलाई आजीवन जेल सजाय हुने प्रावधान राख्नुपर्ने माग

इकागज |
बैशाख १२, २०८० मंगलबार १८:४९ बजे

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचार गर्नेहरूलाई आजीवन जेल सजाय हुने प्रावधान राख्नुपर्ने माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै यस्तो बताएका हुन् । उनले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ मा भ्रष्टाचार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने र शिर निहुरिएर हिँड्नुपर्ने ठाउँमा पुर्‍याउने किसिमबाट कानुनहरू निर्माण गर्न आवश्यक रहेको बताए ।


उनले भ्रष्टाचारीहरूलाई आवश्यक परे सर्वश्वहरणसमेत गर्नेगरी विधेयक ल्याइनुपर्ने बताए ।

प्रमुख सचेतक गिरीले देश एक प्रकारले भ्रष्टाचारले कंगाल भएको र जनतामा निराशा बढेको बताए ।
 


Author

थप समाचार
x