एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने
काठमाडौँ- नेकपा एमालेले यही वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ ।
केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार वैशाखको २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको जानकारी दिए । एमालेको केन्द्रीय कमिटी बैठक गत मङ्सिरको चुनाव अघि बसेको थियो ।
उक्त पार्टीले यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो । उक्त अभियान यही वैशाख १० गते सकिएको छ । सचिव डा अधिकारीका अनुसार बैठकमा निर्वाचन र पार्टीको ग्रासरुट अभियानलगायतका विषयमा छलफल हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया