अध्यक्ष ओली सहभागी कार्यक्रम गठबन्धनकै दलका कार्यकर्ताले बिथोल्न खोजे : एमाले
काठमाडौँ- नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा गठबन्धनकै दलका कार्यकर्ताले ढुंगामुडा गरेर कार्यक्रम भाड्ने कोसिस गरेको भन्दै आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले भद्रपुरबाट बुधबारे जाने क्रममा कार्यक्रम स्थलभन्दा बाहिर बसेका गठबन्धनका कार्यकर्ताले होहल्ला र ढुंगामुडा गरेर कार्यक्रम भाड्ने कोसिस गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले विभिन्न बहानामा सत्ता पक्षले प्रतिपक्षलाई जिस्काउने काम गरेको आरोप लगाउँदै प्रतिपक्षमा बसेर अन्याय सहनु पर्ने कुनै कारण नभएको जिकिर गरे ।
उनले शान्ति स्थापना गर्ने दायित्व सरकारको भएको भन्दै सरकार जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने धारणा राखे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया