एमसीसी र एसपीपीलाई लागू गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागे : धर्मेन्द्र बास्तोला
काठमाडौँ- नेकपा (बहुमत) संयोजक धर्मेन्द्र बास्तोलाले पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र सतहमा आएको बताएका छन् ।
बुधबार काठमाडौँमा प्रगतिशील लेखक तथा साहित्यकार खेम थपलियाको नाट्य कृति ‘कमरेड फिप्टी पर्सेन्ट’ को विमोचन गर्दै बास्तोलाले शक्ति केन्द्रहरू एमसीसी र एसपीपीलाई लागू गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागेको आरोप लगाए । उनले सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताहरू फेल भएको संकेत उपचुनावको परिणामले गरेको धारणा राखे ।
उनले अहिलेको संसदीय प्रणालीले अराजकता र निरंकुशता देखिएको र जनतामा वितृष्णा पैदा भएको उल्लेख गरे ।
लेखक थपलियाले चरम व्यक्तिवाद हावी भएर समाज र युवा पंक्तिलाई रक्षानमा पुर्याउन लागेको भन्दै आफूले इमानदार भएर त्यसविरुद्ध कलम चलाएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया