पूर्वअयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन : शेखर कोइराला
फाइल तस्बिर
काठमाडौँ - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वअयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै नसक्ने बताएका छन् । ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीको तलब र पूर्व शिक्षकहरूको पेन्सन दिनसमेत नसक्ने अवस्थामा माओवादी नेतृत्वको सरकारले गर्न खोजेको पूर्व लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै नसक्ने बताएका हुन् ।
सरकारको यस्तो कार्यको विरोध गर्नुपर्ने र रोक्नुपर्ने उनको भनाइ छ । 'बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउन तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरूको तलब र पूर्व शिक्षकहरूको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन,' उनले भने, 'माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं। उनीहरूलाई पैसा होइन रोजगारी दिउँ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया