दल

गगन थापाले भनेः अयोग्य लडाकुलाई बाँड्ने रकम रोक्नू

इकागज |
बैशाख १४, २०८० बिहीबार १९:८ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले अयोग्य लडाकुलाई बाँड्ने रकम तत्काल रोक्नुपर्ने बताएका छन् । बिहीबार उनले सामाजिक सञ्जालमा लेख्दै अयोग्य लडाकुलाई रकम बाड्ने सरकारको निर्णय गलत रहेको बताएका हुन् ।

‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ,रोक्नुपर्छ,’ उनले भने,’ संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचारधिन रहेकोले सरकार रकम बाँड्न होइन ।‘


पीडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउनु पर्ने उनको भनाइ छ ।

 

 


Author

थप समाचार
x