लडाकुका नाममा अर्बौँं वितरणको तयारी सत्ताको चरम दुरुपयोग : राजेन्द्र लिङदेन
फाइल तस्बिर
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेनेद्र लिङदेनले अयोग्य लडाकुलाई अर्बौँ रुपैयाँ वितरणको तयारी सत्ताको चरम दुरुपयोग भएको ठहर गरेका छन् । देशमा आर्थकि संकट रहेका बेला राष्ट्रपतिको अस्वाभाविक र महँगो वैदेशिक उपचार यात्रा र अयोग्य लडाकुका नाममा पैसा वितरणको तयारी सत्ताको चरम दुरुपयोग बताएका हुन् । अयोग्यलाई रकम होइन सीप दिनुपर्ने उनको भनाइ छ ।
'निर्माण व्यवसायीलाई ६० अर्ब भुक्तानी दिन बाँकी छ । विकास आयोजनाहरूको गति सुस्त छ । ऋणबाट चालु खर्च धान्नुपर्ने अवस्था छ,' उनले भनेका छन्, 'यस्तो बेला राष्ट्रपतिको अस्वाभाविक र महँगो वैदेशिक उपचार यात्रा, अयोग्य लडाकुका नाममा अर्बौँ वितरणको तयारी सत्ताको चरम दुरुपयोग हो। अयोग्यलाई रकम होइन सीप दिउँ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया