युवा संघले भन्यो : अयोग्य लडाकुको नाममा कार्यकर्ता पोस्नुभन्दा युवा सीप बैंक बनाऊ
काठमाडौँ- अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको तयारीविरुद्ध राष्ट्रिय युवा संघले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार युवा संघका अध्यक्ष क्षितिज थेवे नेतृत्वको युवा संघको टोलीले अर्थमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएकाे हाे ।
समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने जिम्मेवारी बोकेको राज्यसत्ताले देशको अर्थतन्त्र दिनप्रतिदिन खस्किँदै गएको, निजी क्षेत्रका उद्योग धन्दा धरासायी बन्दै गएको, महँगीले आकाश छोएको कारण जनजीविकाका कष्टप्रद बन्दै गएको बेलामा लडाकु र नक्कली लडाकुहरूको नाममा विगतमा भएको घोटाला भएको बारे युवा संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरेको मुद्दा विद्यमान रहेको अवस्थामा सरकारले पैसा बाँड्ने काम गर्न लागेकोप्रति आपत्ति जनाएको छ ।
युवा संघले देशमा अर्थतन्त्र उकास्न प्राथमिकताका आधारमा लगानी गर्नुको साट्टो उल्टै सरकारले १८ वर्षपछि पूर्व अयोग्य लडाकुको नाममा अर्बौं रुपैयाँ राज्य कोषबाट बाँड्ने तयारी गर्दा देशलाई टाट पल्टाउने र नीतिगत भ्रष्टाचार गरी अमुक रकम कुम्ल्याउने खेल भएको आरोप लगाएको छ ।
देशको अर्थतन्त्र उकास्न ७ बुँदे माग पूरा गर्न सरकारसँग माग गरेको छ । युवा संघले ५ वर्षभित्र चुक्ता गरिसक्ने गरी सहुलियत दरका प्रमाणपत्र धितोका आधारमा २५ लाखसम्म ऋण प्रवाह गर्ने समेत माग गरेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया