दल

घण्टीको सामना गर्न राप्रपा सक्षम छ : पशुपति समशेर जबरा

इकागज |
बैशाख १५, २०८० शुक्रबार १५:४ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गत चुनाव र उपचुनावमा पनि घण्टी बजेको भन्दै घण्टीको सामना गर्न राप्रपा सक्षम रहेको दाबी उनले गरे । उनले संसद् भद्रगोल रहेको र जुन कुनै अवस्थामा जे पनि हुनसक्ने बताए । उनले अफ्ठ्यारो परिस्थितिको सामना गर्न राप्रपा सामर्थ्यवान भएको दाबी गरे ।


सांसद जबराले देश अफ्ठ्यारो पर्दा आड दिने पार्टी राप्रपा बाहेक अर्को नरहेको जिकिर गरे । 


Author

थप समाचार
x