दल

बुढ्यौलीको बिमारलाई लिएर राष्ट्रपतिको वैदेशिक उपचार यात्रा अस्वाभाविक : राजेन्द्र लिङ्देन

इकागज |
बैशाख १५, २०८० शुक्रबार १५:२० बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बुढ्यौलीमा लाग्ने सामान्य बिमारलाई लिएर राष्ट्रपतिको अस्वाभाविक वैदेशिक उपचार यात्रा भएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार काठमाडौँमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

चिकित्सकले रिफर नगर्दासमेत जहाज चार्टर्ड गरी विदेश लैजानु अस्वाभाविक भएको उनकाे जिकिर छ । उनले विकासमा लगानी घटाउन खोजिरहेको सरकारले लडाकुलाई २/२ लाख रुपैयाँ बाँड्ने निर्णय गर्नु गैर जिम्मेवारीपन भएको बताए । उनले सरकार श्रोतमा हात हाल्न पाउने बित्तिकै ब्रह्मलुट मच्चाउने षड्यन्त्रमा लागेको आरोप समेत लगाए । यस्ता नकारात्मकतालाई रोक्न राप्रपा बलियो बन्नुपर्ने बताए ।


अध्यक्ष लिङ्देनले उपनिर्वाचनलाई राप्रपाले प्राथमिकता नदिएका कारण पनि राम्रो मत आउन नसकेको स्पष्ट पारे । उाले जनता विकल्पको तयारीमा रहेको स्पष्ट भएको जिकिर गरे । 


Author

थप समाचार
x