दल

प्रधानमन्त्रीले अस्थिरतामाथि खेल्ने प्रयास गर्नुभयो : एमाले

इकागज |
बैशाख १५, २०८० शुक्रबार १८:३३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले अस्थिरतामाथि खेल्ने प्रयास गरेको आरोप लगाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो ।

पार्टीको तर्फबाट सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका उपमहासचिव विष्णु रिमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दिनप्रतिदिन आक्रमण बढिरहेको भन्दै अवाञ्छित गतिविधि प्रधानमन्त्री स्वयं संरक्षक बनेको बताए । उनले प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतामाथि बारम्बार आक्रमण भइरहँदा पनि सुरक्षा प्रशासन मुकदर्शक बनेको आराेप लगाए ।


उनले यस्ता अराजक गतिविधिलाई समयमा नै नसोच्ने हो भने विगतमा झैं मनोमानी बढ्ने बताए । उनले समाज एक ढंगले अराजकता जाने स्थितिमा जान खोजेको बताए ।

उपमहासचिव रिमालले अहिलेको अस्थिरताको कारक प्रधानमन्त्री र नेकपा (माओवादी केन्द्र) नै रहेको दाबी गरे ।


Author

थप समाचार
x