दल

'प्रधानमन्त्री दाहालले कोशी प्रदेश नामकरण गर्न सहमति दिएपछि पुनः फिर्ता लिनु गैरजिम्मेवारीपन'

इकागज |
बैशाख १५, २०८० शुक्रबार १८:४० बजे

काठमाडौँ- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन उनले यस्तो बताएका हुन् ।

सञ्चारकर्मीहरूसँग बोल्दै सचिव भट्टराईले कोशी प्रदेश नामकरणको विरोध शान्तिपूर्ण रूपमा गर्न पाउने भए पनि नेकपा (माओवादी केन्द्र) का संगठनहरूले नै प्रमुख प्रतिपक्षी दलका नेतामाथि आक्रमणको प्रयास गर्नु आपत्तिजनक रहेको उल्लेख गरे । उनले अहिले एउटा राजनीतिक दल नेकपा एमाले लक्षित गरी आक्रमण भइरहेको बताए ।


उनले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्डपथ फेरि लागू गर्न खोजिएको हो भने कोशी प्रदेशमा सह्य नहुने चेतावनी दिए ।

सचिव भट्टराईले प्रधानमन्त्री दाहालले कोशी प्रदेश नामकरण गर्न सहमति दिएपछि पुनः फिर्ता लिनु गैरजिम्मेवारीपन भएको बताए । 


Author

थप समाचार
x