दल

रास्वपा संसदीय दलका नेताले दिए राजीनामा

इकागज |
बैशाख १६, २०८० शनिबार २१:१५ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेताबाट उपसभापति डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् । 

शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।


राजीनामा बुझाएसँगै स्वीकृत गर्ने प्रक्रियामा छ । अहिले उपनेता श्रेष्ठले उक्त जिम्मेवारी सम्हालेका छन् ।

यस्तै, पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता बन्दैछन् । स‌ंसदीय दलको बैठक सोमबार बस्ने तयारी छ । बैठकले लामिछानेलाई दलको नेता चयन गर्नेछ ।


Author

थप समाचार
x