दल

रास्वपाको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीसँग लामिछानेको भेट

इकागज |
बैशाख १७, २०८० आइतबार १०:४१ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्‌न बालुवाटार पुगेका छन् । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न लामिछाने बालुवाटार पुगेका थिए ।

‘निर्वाचित भएपछि फोनबाट बधाई दिनुभएको थियो, आज भेटेरै बधाई दिनुभयो’ प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले इकागजसँग भने ।


भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे सामान्य छलफल भएको बताइएको छ ।

सांसदमा निर्वाचित भएलगत्तै लामिछानेले वर्तमान सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका थिए । सरकारको कायैशैली चित्तबुझ्दो नरहेको बताएका लामिछानेले सरकारसँग वार्ता गर्ने र समर्थनबारे पुनर्विचार गर्ने बताएका थिए ।

रास्वपाको केन्द्रीय समितिको बैठक सोमबार बस्दैछ । केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


Author

थप समाचार
x