महावीर पुनको माग सम्बोधन गर्न विश्वप्रकाशको आग्रह
फाइल फोटो
काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल महावीर पुनसँग संवाद गरी माग सम्बोधन गर्न आग्रह गरेका हुुन् ।
आज ट्विट गर्दै शर्माले आविष्कार केन्द्र स्थापना गरेर राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गरिरहनु भएका व्यक्तित्वको कदर गर्नुपर्ने बताए।
महावीर पुनसँग अविलम्ब संवाद गर्न सरकारलाई आग्रह !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 30, 2023
आविस्कार केन्द्र स्थापना गरेर रास्ट्रका लागि महत्त्वपूर्ण योगदान गरिरहनु भएका व्यक्तित्वको कदर गर्दै सम्माननिय @PM_nepal_ लाई उहाँका मागहरू सम्बोधन गर्न तत्काल आवश्यक पहलकदमिका लागि आग्रह गर्दछु l
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया