पूर्वमा मेराे कार्यक्रम बिथोल्न खोज्नेहरूलाई राज्यले नै संरक्षण गर्याे : केपी ओली
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वमा आफ्नो कार्यक्रम बिथोल्न खोज्नेहरूलाई राज्यले नै संरक्षण गरेको बताएका छन् ।
अखिल नेपाल किसान महासंघको ७३ औं स्थापना दिवसका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा ओलीले केही व्यक्तिले आफू सहभागी कार्यक्रम रोक्ने प्रयास सत्ता गठबन्धनकै कार्यकर्ताबाट भएको र उक्त गतिविधि गर्नेलाई राज्यले नै संरक्षण गरेको बताएका हुन् ।
उनले नियोजित रूपमा नै आफ्नो कार्यक्रम बिथोल्ने प्रयास गरेको र उक्त क्रियाकलापमा संलग्न असामाजिक तत्वहरूको मनोबल उच्च देखिएको उल्लेख गरे । कार्यक्रममा ओलीले महाकाली सन्धिलाई एमालेले सच्चाएको भन्दै नेपालको हितमा रहेको बताए । उनले राजतन्त्र स्वार्थी फटाहा वा अज्ञानीहरूले मात्रै मान्ने टिप्पणी गरे ।
धेरै अघिदेखि नै कम्युनिष्ट फुटाउने काम भएको भन्दै यसतर्फ सबै सचेत रहनुपर्ने उनकाे भनाइ छ । अध्यक्ष ओलीले पार्टीलाई बलियो बनाउनका लागि संगठनलाई समेत बलियो बनाउनुपर्ने धारणा राखे । कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरूलाई सम्मान गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया