महावीर पुनको माग सत्ता गठबन्धनको एजेन्डा बन्नुपर्छ : झलनाथ खनाल
काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले महावीर पुनको माग सत्ता गठबन्धनको एजेन्डा बन्नुपर्ने बताएका छन् ।
आइतबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई ऐक्यबद्धता जनाउन माइतीघर पुगेका उनले यस्तो बताएका हुन् । उनले महावीर पुनका मागहरू गठबन्धनको बैठकमा एजेन्डा बन्नुपर्ने र टुंगो लगाउनुपर्ने जिकिर गरे ।
खनालले देशका वैज्ञानिकहरूलाई एक घण्टा पनि आन्दोलनमा उत्रिनु नपर्ने परिस्थिति सरकारले निर्माण गर्न आवश्यक रहेको बताए । उनले आफू अहिले भुइँमान्छे रहेको भन्दै आफूले पुनको आन्दोलनमा पूर्ण ऐक्यबद्धता जनाएको उल्लेख गरे । उनले महावीर पुनका मागहरू प्रधानमन्त्री एक्लैले समाधान गर्नसक्ने भन्दै प्रधानमन्त्रीले पहलकदमी लिन आग्रह गरे ।
उनका अनुसार देशमा वैज्ञानिक आविष्कारका कुरा र नवप्रवर्तनका कुरालाई अघि बढाउनुपर्ने आवश्यकता रहेको छ । आगामी आर्थिक वर्षको बजेटमा आविष्कारको क्षेत्रमा सरकारले सक्नेजति बजेट छुट्याएर अघि बढ्न आवश्यक रहेको उनले बताए ।
पूर्वप्रधानमन्त्री खनालले युवा वैज्ञानिकलाई देशमा काम गर्नसक्ने वातावरण नबनाए युवा वैज्ञानिकहरू बहिर्गमनमा जाने खतरा पैदा भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया