दल

श्रमिकहरूलाई शिक्षा र स्वास्थ्यकाे निःशुल्क सेवा दिनुपर्छ : अध्यक्ष लिङ्देन

इकागज |
बैशाख १८, २०८० सोमबार २०:३ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राज्यले श्रमिकहरूलाई शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क दिनुपर्ने बताएका छन् ।

सोमबार १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टी सम्बद्ध ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले श्रमिकहरूलाई निःशुल्क रूपमा शिक्षा र स्वास्थ्यको सेवा दिनुपर्ने बताएका हुन् । उनले श्रमिकको जीवन मर्यादित र सुरक्षित हुन नसकेको भन्दै श्रमिकहरूको मर्यादा, सुरक्षा र जिविकाको सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्ने बताए ।


सबै श्रमिकहरूलाई सरकारले स्वास्थ्य बीमाको दायरामा ल्याउनुपर्ने पनि उनकाे भनाइ छ । अध्यक्ष लिङ्देनले श्रमिकहरूलाई सूचीकृत गर्ने र परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताए ।

अध्यक्ष लिङ्देनले देश बाहिरबाट श्रम इजाजतविना नेपाल आएर व्यक्तिहरूले काम गरिरहेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले देशका श्रमिकहरूलाई प्राथमिकताका साथ देशभित्रै कामको अवसर दिनुपर्ने बताए ।


Author

थप समाचार
x