दल

उपेन्द्र यादवले आज पद तथा गोपनियताको सपथ लिँदै

इकागज |
बैशाख १९, २०८० मंगलबार ८:५५ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिदैँछन् ।

गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट विजयी यादवले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन् । 


संघीय संसद्‌ सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १:०० बजे कानून समितिको हल, सिंहदरबारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको सपथ गराउने छन्  ।

सोही उपनिर्वाचनबाट विजयी भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै सपथ ग्रहण गरिसकेका छन् ।


Author

थप समाचार
x