शपथ ग्रहणपछि उपेन्द्र यादवले भने : सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा छौं
काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरू सरकारको स्थिरताको पक्षमा रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा सदस्यका रूपमा सभामुखबाट शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् ।
सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा पार्टी रहेको स्पष्ट अध्यक्ष यादवकाे भनाइ छ । उनले अस्थिरताले कसैको हित नगर्ने र लोकतन्त्रलाई कमजोर बनाउने भन्दै जनतामा वितृष्णा जाग्न दिनु नहुने उल्लेख गरे ।
अध्यक्ष यादवले सरकार निर्माणको सम्बन्धमा राष्ट्रिय समझदारी बन्नुपर्नेमा जोड दिए ।
उनले संसदीय समितिहरूको कामलाई सक्रिय र गतिशील बनाउनुपर्ने बताए । अध्यक्ष यादव वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया