नक्कली भुटानी शरणार्थीमा विष्णु रिमालको टिप्पणी : कानुनभन्दा माथि कोही हुँदैनन्
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका नेता विष्णु रिमालले भुटानी शरणार्थी मुद्दाका दोषीहरूले उन्मुक्ति पाउन नहुने बताएका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि किर्ते कार्य गरेको भन्दै एमाले सचिव टोपबहादुर रायमाझी पनि संलग्न भइरहेको खबर बाहिर आएको बेला रिमालको यस्तो टिप्पणी आएको हो ।
‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न । निर्दोष नफसुन, कोही दोषी नउम्किउन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘छानबिन हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ । यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न । कानुनको पालना सबैले गर्नुपर्छ ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया