दल

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै

इकागज |
बैशाख २२, २०८० शुक्रबार ७:९ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।  

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नेछ । 


गत बुधबार पनि बसेको सत्तारुढ दलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो । 

बैठक अपरान्ह बस्नेछ ।  


Author

थप समाचार
x