Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

दल

केन्द्रीय कार्य समिति बैठक

भ्रातृ संगठन र विभागहरूलाई पूर्णता दिने कांग्रेसको निर्णय

इकागज |
बैशाख २२, २०८० शुक्रबार १९:२८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले भ्रातृ संगठन र पार्टीका विभागहरूलाई केन्द्रीय कार्य समिति बैठकमार्फत पूर्णता दिने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास महाराजगंजमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले भ्रातृ संगठन र पार्टीका विभागलाई पूर्णता दिनका लागि आन्तरिक गृहकार्य गर्ने र वैशाख २८–२९ गते बस्ने केन्द्रीय कार्य समिति बैठकबाट पूर्णता दिने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।


भ्रातृ संगठन र पार्टीका विभागहरूलाई पूर्णता दिनका लागि सूची तयार भइरहेको र आवश्यक सुझाव लिइने उनले बताए । महतले भातृसंगठनहरूको आकार केही बढ्न सक्ने उल्लेख गरे । उनले नक्कली शरणार्थी प्रकरणमा गम्भीर भएको भन्दै संलग्नलाई आवश्यक कारबाही गर्नका लागि कांग्रेसले सघाउने बताए ।

अर्थमन्त्री समेत रहेका महतले आपराधिक क्रियाकलापका सहभागीलाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याउनुपर्ने भन्दै गैर कानुनी क्रियाकलाप गर्नेलाई राज्यले संरक्षण गर्न नसक्ने स्पष्ट पारे । 


Author

थप समाचार
x