दल

रास्वपाले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार ढल्दैन : उपाध्यक्ष महरा

इकागज |
बैशाख २३, २०८० शनिबार १४:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने दाबी गरेका छन् । शनिबार संवाद डबलीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने उपाध्यक्ष महरा तर्क थियो । उनले सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या नभएको जिकिर गरे ।


उपाध्यक्ष महराले भने, ‘सरकारलाई सहयोग गरेको पार्टीले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने हुन्छ । तर, सरकारसँग रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी नभए पनि पर्याप्त बहुमत छ । बहुमतको अभाव छैन । त्यस कारणले सरकार टिक्छ । सरकार यथावत् रहन्छ । र, विश्वासको मत पनि जित्छ भन्ने आधार छ । त्यस कारण यसमा मैले कुनै दुविधामा नरहन पनि पत्रकार मित्रहरूलाई आग्रह गर्न चाहन्छु ।’

उपाध्यक्ष महराले समाजवादी मोर्चा घोषणाका लागि आफूहरू प्रयासरत रहेको समेत बताए । त्यसका लागि नेकपा (समाजवादी पार्टी), जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपासहितका ६ वटा राजनीतिक पार्टीसँगको छलफल जारी रहेको उनले बताए ।


Author

थप समाचार
x