बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सत्ता गठबन्धनमा छलफल
काठमाडौँ- सत्तारूढ गठबन्धनको बैठकमा संसद्मा आइतबार प्रस्तुत हुने आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आइतबारबाट सुरु हुने बजेट अधिवेशनमा सरकारका सिद्धान्त र प्राथमिकताका बारेमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले बताए । उनले आइतबार बस्ने संसद्को बैठकलाई कसरी व्यवस्थित बनाउने भन्नेबारेमा छलफल भएको पनि बताए ।
उनले निजामती ऐन, संघीय शिक्षा ऐनका बारेमा पनि छलफल भएको जानकारी दिए ।
प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको उल्लेख गरे । उनले बैठकमा विषयगत समितिलाई कसरी अघि बढाउने र प्रधानन्यायाधीशको नियुक्तिका बारेमा पनि छलफल भएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया