शंकर कँडेल आत्महत्या प्रकरण : राजनीतिक रंग नपोतियोस्, न्याय र पीडितको पक्षमा छु-लामिछाने
फाइल तस्बिर
काठमाडौँ- सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द र हडताल नहोस् भनेर संयमपूर्वक सबै घटनाक्रमलाई नियालिरहेको बताएका छन् ।
केही दिनअघि चितवनका व्यवसायी शंकर कँडेलले आत्महत्या गरेका थिए । आत्महत्याको सत्य-तथ्य छानबिन होस भनेर अहिले त्यहाँ विरोधका कार्यक्रमहरू भइरहेका छन् ।
उनले आइतबार मध्यान्ह सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर परिवारसँग निरन्तर संवादमा रहेकाे र प्रशासनसँग निरन्तर समन्वयमा गर्दै अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको बताएका छन् ।
'घटनामा राजनीतिको रंग नपोतियोस् भनेर सचेत छु। म सत्य,न्याय र पीडितको पक्षमा छु,’ उनले भनेका छन्,’ प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु। आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द हड्ताल केही नहोस् भनेर संयमपूर्वक सबै घटनाक्रमलाई नजिकबाट नियालिरहेको छु।‘
सांसद लामिछानेले जिम्मेवार जनप्रतिनिधिको भूमिका निरन्तर निर्वाह गरिरहेको बताएका छन् । 'चितवनले एउटा असल मानिस गुमाएकोमा अत्यन्तै दुखी छु। परिवारलाई सहन सक्ने शक्ति मिलोस् भनी निरन्तर प्रार्थना गरिरहेको छु,’ उनले थपेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया