डा. लोहनीले भने : ठूला दलका नेताहरू ‘लुटेराको छाउरा’
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलका नेताहरूलाई ‘लुटेराको छाउरा’ को संज्ञा दिएका छन् । आफूहरूलाई सामन्तवादका छाउरा भनेकोमा आपत्ति जनाउँदै उनले ठूला दलका नेताहरूलाई लुटेराको छाउरा भनि टिप्पणी गरेका हुन् ।
आइतबार काठमाडौँमा आयोजित पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन एकताको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पूर्व अध्यक्ष लोहनीले देशका लुटेराहरूलाई मास्ने काम आफ्नो पार्टीले गर्ने चेतावनी समेत दिए । उनले लुटेराहरूको विरुद्धमा आवाज उठाउन सक्ने, उनीहरूको भण्डाफोर गर्न सक्ने, महिला हिंसाविरुद्ध आवाज उठाउन सक्ने पार्टीका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उभ्याउन पार्टीमा आबद्ध महिला नेतृत्वले काम गर्नुपर्ने बताए ।
पूर्व अध्यक्ष लोहनीले पार्टीको अडान र दृष्टिकोण संवैधानिक राजसंस्था र सनातन हिन्दु धर्म रहेको र यसमा आफूहरू दृढतापूर्वक लागिपर्ने पनि दोहोर्याए ।
पूर्व अध्यक्ष लोहनीले योगमाया न्यौपाने नेपालमा महिला हक, अधिकारबारे बोल्ने पहिलो महिलायोद्धा भएको स्मरण गराउन उनको पथ अनुशरण गरेर अघि बढ्न पनि पार्टीका महिला नेता, कार्यकर्तालाई सचेत गराए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया