ओलीले भने : नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा एमालेले सहयोग गर्छ
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग गर्ने बताएका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सो घटनामा संलग्न पार्टीका कुनै पनि व्यक्तिलाई संरक्षण नदिने र अनुसन्धानमा पूर्ण रूपले सहयोग पुर्याउने जानकारी गराएका थिए । उनले उक्त प्रकरणमा आफ्ना नेतामाथि लागेको आरोपको प्रमाण आफूसँग नभएको र त्यसलाई सम्बन्धित निकायले अनुसन्धान गरिरहेकाले केही भन्न नसकिने पनि बताए ।
छानबिनका क्रममा कुनै पनि पूर्वाग्रह राख्न नहुने ओलीकार्ले भनाइ छ । उनले संसद्मा सशक्त रूपमा भूमिका निर्वाह गर्न र हाजिर गरेर निस्कने काम बन्द गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिए ।
त्यस्तै बैठकमा ओलीले आफूलाई भेट्न बोलाएपछि प्रधानमन्त्रीलाई भेट्न गएको स्पष्ट पारे । बाहिर चर्चा चलेजस्तो कोही नेतालाई जोगाउनका लागि आफूले प्रधानमन्त्रीलाई नभनेको ओलीले स्पष्ट पारेको सचिव योगेश भट्टराईले जानकारी दिए । भट्टराईले राजनीतिक आग्रहबाट मुक्त भएर घटनाको अनुसन्धान गर्नुपर्ने बताए ।
बैठकले संसद्को बर्खे अधिवेशनमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन, विषयवस्तुको राम्रोसँग अध्ययन गर्न, नियमित उपस्थित हुन र हरेक विधेयकदेखि आउने प्रस्तावमा गहन अध्ययन गर्न र ठोस् ढङ्गले प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया