भुटानी शरणार्थी प्रकरणमा ओलीले भने : छानबिनमा सरकारले हस्तक्षेप र बयान फेराउने काम नगराेस्
फाइल तस्बिर
काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीउपर कडाइका साथ कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले यस्ताे बताएका हुन् ।
उनले छानबिनमा सरकारले हस्तक्षेप नगर्न र बयान नफेराउन पनि सचेत गराए ।
उनले भने, ‘मैले कडाइका साथ कारबाही गर्नुस् जो दोषी छन्, उपयुक्त ढंगले छानबिन गरेर कडाइका साथ कारबाही गरोस् सरकारले । र, प्रहरीको छानबिनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने, बयान फेराउने यस्तो उस्तो नगरोस् । र निष्पक्ष ढंगले जो दोषी छन् तिनीहर"लाई कारबाही गरोस् र निर्दोषलाई फसाउने प्रयास पनि नगरोस् त्यो कुरा मैले उहाँलाई भने । हामी भ्रष्टाचार कसैले कुनै रुपमा गरोस्, त्यसलाई सहँदैनौँ । हाम्रो सम्पर्कमा भए त सरकारको सम्पर्कमा भइहाल्नुहुन्थ्यो नि ।’
अध्यक्ष ओलीले आरोपित एमाले सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नभएको स्पष्ट पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया