दल

गगन थापाले भनेः अब त अति भयो !

इकागज |
बैशाख २४, २०८० आइतबार १९:१३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले पार्टीभित्र आफूले राखेका विषयले प्रवेश नपाएको गुनासो गरेका छन् । आइतबार साँझ उनले फेसबुकमा स्टाटस लेख्दै पार्टीमा राखेको विषयले कहिले पनि प्रवेश नपाएको बताएका हुन् ।

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्,’ उनले भनेका छन्,’  धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ।‘


मौन रहेर भित्रै पनि आफ्ना मत र अडान राखेको उनले स्मरण गराएका छन् । ‘अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो,’ उलने थपेका छन् ।

 


Author

थप समाचार
x