Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

दल

शरणार्थी प्रकरणका अडियोहरू आउन थाले, सिआईबीलाई अनुसन्धान गर्न दिऊँ : एमाले महासचिव

इकागज |
बैशाख २५, २०८० सोमबार ९:५८ बजे

फाइल फोटो

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले भुटानी शरणार्थी प्रकरणको जिम्मा सीआईबीलाई लगाउनु पर्ने जनाएका छन् । नक्कली शरणार्थी प्रकरणसँग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेको जनाउँदै महासचिव पोखरेलले अनुसन्धान प्रभावकारी बनाउन जोड दिएका हुन ।

‘नक्कली शरणार्थी प्रकरणसँग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेका छन् तर अनुसन्धानको गति धिमा र विवादास्पद बन्दैछ,’  पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन, ‘प्रभावकारी अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाउने हो कि ? किनकी दोषि कोही नछुटुन् र निर्दोस कोही नपरुन् भन्नका लागि अनुसन्धान प्रभावकारी हुनु आवश्यक हुन्छ ।’ 



Author

थप समाचार
x